Logo

मंगलवार, श्रावण १२ गते २०८३

जीवनसँग रङ्गमञ्चमा युवापुस्ताको आकर्षण

जीवनसँग रङ्गमञ्चमा युवापुस्ताको आकर्षण

जोईन खबर

२५, आषाढ २०८०
  • 970
    SHARES
  • जीवनसँग  रङ्गमञ्चमा युवापुस्ताको आकर्षण

    २५ असार काठमाडाै । रङ्गमञ्चमा लाग्ने युवाको सङ्ख्या बढ्दै जीवनसँग जोडिएको नाटकले धेरै कलाकार जन्माएको छ ।नाटकलाई योगदान दिन चाहने र आफ्नो जीवनमा योगदान लिन चाहने थुप्रै युवा अहिले रङ्गमञ्चमा देखिन थालेका छन् । नाटकमा युवापुस्ताको आकर्षणबारे अग्रज रङ्गकर्मी हरिहर शर्मा भन्नुहुन्छ, “नाटकले कलाकारलाई दिने सबैभन्दा ठुलो कुरा आत्मसन्तुष्टि र प्रसिद्धि नै हो । केही पाउनभन्दा आत्मसन्तुष्टिका लागि नाटकमा लाग्न चाहनेले नाटक बुझ्छन् र सफल पनि हुन्छन् । 

    images

    अभिनयमा रुचि हुने र आफूमा रहेको अभियनकला थप तिखार्न थिएटर धाउने युवाको सङ्ख्या अहिले निकै बढेको छ। नाटकका कलाकारको राम्रो प्रस्तुतिले उनीहरूले नामसँगै दाम पनि कमाउन थालेका छन् ।नाटक ‘हिउँभन्दा चिसो’ मा अभिनय गरिरहनुभएका रङ्गकर्मी गोविन्द सुनार नाटक ‘रसोमन’ बाट प्रभावित भएर रङ्गमञ्चमा लागेको बताउनुहुन्छ ।

    अहिले नाटक ‘हिउँभन्दा चिसो’ मा अभिनय गरिरहनुभएका सुनारले करिब एक महिना रङ्गकर्मी सुनील पोखरेलसँग ‘ज्ञ’ थिएटरबाट नाटकको प्रशिक्षण लिएको र त्यसपछि उहाँले ‘पुरानो घर थिएटर’ मा रङ्गकर्मी सुलक्षण भारतीसँग रङ्गमञ्चको कक्षा लिएको सुनाउनुभयो । अरूले रङ्गमञ्चमा नाटक गरेको देखेर आफूलाई पनि यसमा होमिन मन लागेको उहाँको भनाइ थियो । उहाँ भन्नुहुन्छ, “नाटकले आफूलाई समाजसामु चिनाउन ठुलो काम गर्दो रहेछ । आज म नाटकको कलाकार नभएको भए मलाई समाजले यसरी चिन्दैन्थ्यो होला ।” नाटक भनेको जे देखिन्छ त्यो अनुभव गर्ने हो । मानौँ हामी सडकमा हिँडिरहेका छौँ र हामीले अनौठो कुरा देख्यौँ भने हामीले त्यसलाई अनुभव गर्न सक्छौँ । यही नै हो नाटक । 

    त्यस्तै रङ्गकर्मी अनुशा राई सानैदेखि यही क्षेत्रमा रुचि भएकाले रङ्गमञ्चमा लागेको बताउनुहुन्छ । राईले आफू रङ्गमञ्चमा आउनुअघि विभिन्न म्युजिक भिडियो र  लघु चलचित्रमा काम गरिसकेको बताउनुभयो । मण्डलामा तीन महिना कक्षा सकेर पहिलो डेब्यु नाटक ‘कोराघाट’ मा अभिनय गर्दा धेरै नै रमाइलो अनुभूति भएको उहाँले सुनाउनुभयो ।   

    प्रकाशित मिति :आषाढ २५, २०८० सोमवार - १७:२७:३३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको