५ साउन काठमाडौं । नेपाल राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र जर्मनीबाट नेपाल आएका जुडो प्रशिक्षक मोहम्मद मन्सुरीबीच शुक्रबार भेटघाट भएको छ । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने जुडो खेलाडीलाई प्रशिक्षण दिन मन्सुरी दुई दिनअघि नेपाल आएका हुन् ।भेटका अवसरमा सदस्य–सचिव घिसिङले मन्सुरीसंग प्रशिक्षणको योजनालगायतका बारेमा जिज्ञासा राख्दै प्रशिक्षणमा परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।इरानका पूर्व मुख्य प्रशिक्षक सातौं डान मन्सुरीलाई अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) ले पठाएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।तत्कालका लागि उहाँ (मन्सुरी) लाई १९ औं एसियाली खेलकुदको तयारीमा केन्द्रीत गराउने छौं । थप कुरा एसियाली खेलकुद पछि हुनेछ ।’– अध्यक्ष वज्राचार्यले भने ।हाङझाव एसियाडका लागि जुडोबाट समान ४–४ पुरुष÷महिला गरी ८ खेलाडी प्रशिक्षणमा छन् । उनीहरुले नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल केन्द्र (एमएमएसी) मा दिनको २ चरणमा प्रशिक्षण गरिरहेका छन् ।

स्किब्स बास्केटबलमा ६४ टिम
श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा शनिबारदेखि हुने सातौं स्किब्स कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा ६४ टिमले सहभागिता जनाउने भएका छन् ।
स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विभिन्न ४ विधामा ६४ टिमले प्रतिस्पर्धा गर्ने जानकारी गराए । सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १६–१६ तथा स्टाफमा ८ टिमले भाग लिने छन् । खेल लिग कम नकआउट आधारमा हुने स्किब्सका बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले जानकारी दिए ।
सिनियर ब्वाइजमा त्रिज्योति, जुनियर ब्वाइजमा बसुन्धरा नेसनल एकेडेमी (बीएनए), सिनियर गल्र्समा निम्स तथा स्टाफमा महामन्जुश्री डिफेन्डिङ च्याम्पियन हुन् । दुईदिने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ ।
फोटो ः
१. सातौं स्किब्स कप थ्री बाइ थ्री बास्केटबल बारे जानकारी गराउदै आयोजक ।
२. सदस्य–सचिव टंकलाल घिसिङ र जुडो प्रशिक्षक मोहम्मद मन्सुरीलगायत भेटघाटपछि ।