८ साउन काठमाडौ । पोल्यान्डले फाइनल खेलमा अमेरिकालाईजित्दै भलिबल नेसन्स लिग २०२३ को उपाधि हात पारेको हो ।पोल्यान्डको गडान्स्कमा सम्पन्न फाइनलमा आयोजक टोलीले उच्च लयलाई निरन्तरता दिँदै ३ /१ को जित हासिल गर्दै । पहिलो सेट २५ र २३ ले जितेको पोल्यान्ड दोस्रो सेटमा भने २६ /२४ ले पराजित भएको थियो ।
तेस्रो र चौथो सेटमा समान २५ / १८ को जित निकाल्दै पोल्यान्ड पहिलो पटक च्याम्पियन बन्यो । अमेरिका भने लगातार दोस्रो सिजन उपविजेतामा सिमित भयो । जापानले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धात्मक खेलमा इटालीलाई पराजित गरेको थियो । सुरुवाती दुई सेटमा जापानले २५ १८ र २५ २३ ले जित निकालेपनि इटालीले लगातार दुई सेटमा २५ १७ को जित निकाल्दै खेल पाँचौ सेटमा पुर्यायो । जा