८ साउन काठमाडाै । बसुन्धारास्थित आयोजक श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुलमा भएकाे खेलमा निम्स, भ्याली पब्लिक, गोल्डेनपिक र महामन्जुश्रीले सातौं स्किब्स कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । निम्स सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स, गोल्डेनपिक जुनियर ब्वाइज र महामन्जुश्री स्टाफतर्फ च्याम्पियन बने ।
बसुन्धारास्थित आयोजक श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा निम्सले ज्ञान निकेतनलाई १५–१३ ले पराजित ग¥यो । सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले डिफेन्डिङ च्याम्पियन निम्सलाई ८–७ को साँघुरोअन्तरले हरायो ।जुनियर ब्वाइज फाइनलमा गोल्डेनपिकले ज्ञान निकेतनलाई १२–७ ले पाखा लगायो । स्टाफको फाइनलमा साविक विजेता महामन्जुश्रीले आयोजक स्किब्सलाई २१–१५ ले पन्छ्याउदै उपाधि रक्षा ग¥यो । उपाधिसंगै महामन्जुश्रीले १० हजार नगद पुरस्कार हात पा¥यो ।
सिनियर ब्वाइजमा निम्सका दीपसागर सेती महर, सिनियर गल्र्समा भ्याली पब्लिककी एन्जल गुप्ता, जुनियर ब्वाइजमा गोल्डेनपिकका पासाङ छिरिङ शेर्पा र स्टाफमा महामन्जुश्री शैलेस श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।विजेतालाई प्रदेश सांसद् उद्धव थापा, शिक्षा अधिकारी (टोखा नगरपालिका) खगेन्द्रसिंह धामी, स्किब्सका प्रिन्सिपल अरुणकुमार केसी र समाजसेवी नवीन खड्काले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १६–१६ तथा स्टाफमा ८ टिम गरी ६४ टिम सहभागी थिए ।

कुस्ती टोली वैदेशिक प्रशिक्षणमा
चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदको थप तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ । ४ खेलाडीसहित ५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले राम्रो तयारी गर्न उत्पे्ररित गर्दै आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
वैदेशिक प्रशिक्षणका लागि जान लागेका चारै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता हुन् । पुरुष खेलाडीमा सुरेश चुनारा (७४ केजी) र राज यादव (१२५ केजी) तथा महिलामा शिवाङगी दुवे (५७ केजी) र सुशिला चन्द (६२ केजी) रहेका छन् । १३ औं सागमा सुरेश र राजले कांस्य तथा बाँकी दुई खेलाडीले रजत जितेका थिए । प्रशिक्षकमा कुस्तीका मुख्य प्रशिक्षक मुमताज अली इद्रिसी छन् ।
टोली सोमबार काठमाडौंबाट नेपालगन्ज जाने छ । नेपालगन्जमा एक साताको प्रशिक्षणपछि टोली उत्तर प्रदेश जाने छ । उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा भदौसम्म खेलाडी प्रशिक्षणमा रहने मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराए ।
खेलाडी सुरेशले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जान पाउदा सबै खेलाडी उत्साहित भएको प्रतिकृया दिए ।

नन्दालाई स्वर्ण
तेक्वान्दो खेलाडी नन्दा बस्यालले स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी छन् । राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य नन्दाले इरानी खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।
सन साईन कप करातेको उपाधी योङ्ग हार्ट्सलाई
सन साईन कप अन्तर विधालय वादोरियो कराते प्रतियोगिताको उपाधि योङ हार्ट्स स्कुल, जोरपाटीले जितेको छ ।
प्रथम हुन सफल योङ हार्ट्सले ११ स्वर्ण, ५ रजत र ७ कास्य, टिम दोस्रो हुन सफल मदर्स ईन्टरनेसनल स्कुलले ८ स्वर्ण, ४ रजत र ३ कास्य पदक तथा टिम तेस्रो हुन सफल नव दिक्षित पाठशालाले ३ स्वर्ण ३ रजत र ४ कास्य पदक जित्न सफल भयो भने अनुशासित टिमको उपाधि मेन डोजो चक्रपथले जित्न सफल भयो ।
उत्कृष्ट खेलाडीको उपाधी पुरुष तर्फ योङ हार्ट्सका समीर लामा तथा महिलामा रन्जना चाम्लिङले जितिन् । उदयीमान खेलाडीको उपाधि ग्लोबल भिजनका रोशन लामा तथा एभरेस्ट स्कुलकी प्राथर्ना बज्राचार्यले जित्न सफल भए ।
प्रतियोगिताको उद्घाटन पूर्व मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले गरेका थिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष तथा वादोरियो करातेका प्रमुख प्रशिक्षक हरिशरण केसी, विधालयका प्रधानध्यापक बाबुराम गौतम, वादोरियो कराते डो संघका उपाध्यक्ष यादबलाल श्रेष्ठ, महासचिव प्रतीक्षा श्रेष्ठ, कोषाध्यक्ष पुरुषोत्तम पोखरेल, प्रशिक्षक सूर्य राई, केन्द्रीय सदस्य लक्ष्मी रिजाल शर्मालगायतले पुरस्कृत गरेका थिए । 
फोटो :
१. सातौं स्किब्स कप थ्री बाइ थ्री बास्केटबल उपाधि विजेता टोली सामूहिक तस्वीर खिचाउदै ।
२. सातौं स्किब्स कप थ्री बाइ थ्री बास्केटबलअन्तर्गत आ–आफ्नो स्पर्धाका ‘मोस्ट भेलुएबल प्लेयर’ ट्रफीसाथ ।
३÷४. वैदेशिक प्रशिक्षणका लागि भारत जान लागेको कुस्ती टोली सदस्य–सचिव टंकलाल घिसिङसंग ।
५. वैदेशिक प्रशिक्षणका लागि भारत जान लागेको कुस्ती टोली ।
६. स्वर्ण विजेता नन्दा बस्याल ।
७. कराते उपाधि विजेता टोलीलाई ट्रफी प्रदान गरिदै ।
