Logo

बिहिवार, श्रावण १४ गते २०८३

सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपकाे लागि नेपाली टाेली भारतको हैदराबाद प्रस्थानकाे बिदाई , हक्की खेल सामाग्री प्रदान (तस्बिरहरू )

सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपकाे लागि नेपाली टाेली भारतको हैदराबाद प्रस्थानकाे बिदाई , हक्की खेल सामाग्री प्रदान (तस्बिरहरू )

जोईन खबर

१५, श्रावण २०८०
  • 853
    SHARES
  • सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपकाे  लागि  नेपाली  टाेली भारतको हैदराबाद प्रस्थानकाे बिदाई ,  हक्की खेल सामाग्री प्रदान   (तस्बिरहरू )

    १५ साउन काठमाडौं । सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली सोमबार भारतको हैदराबाद प्रस्थान गरेको छ ।खेलाडीमा लीलाकुमारी सापकोटा, सुनिल महतो, सन्चिता श्रेष्ठ, तेन्जिङ दावा तामाङ, सविना तामाङ, मुना राई, रोनिका पराजुली, अनिल खड्का, रोशन घिसिङ, विनिता थापा मगर, निर्मल लामा, साहिल दोङ, डोल्मा गुरुङ र रिक्साङ वाइबा तामाङ रहेका छन् ।  

    images

    2.jpeg
    प्रशिक्षकमा इश्वर थापा मगर, धनराज तामाङ, सपुत मोक्तान र मोतीलाल घिसिङ छन् । प्रतियोगितामा अञ्जन धमला, अन्जु रावत, पुकार केसी, रुपसिंह तामाङ, राजेश बोलाखे, तुलसी थापा मगर र दिलमाया गुरुङले अम्पायरको भूमिका निर्वाह गर्ने छन्।टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र नेपाल आईटीएफ तेक्वान्दो महासंघका सदस्य गोपाल श्रेष्ठले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता अगष्ट ४ देखि ६ तारिखसम्म हुनेछ ।

    प्रहरीलाई हक्की सामाग्री
    नेपाल हक्की संघले नेपाल प्रहरीको हक्की टिमलाई खेल सामाग्री प्रदान गरेको छ । हक्की संघका कार्यवाहक अध्यक्ष अनिलप्रसाद शर्माले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईलाई सामाग्री हस्तान्तरण गरे । हक्की स्टिक, बल र गोलकिपर प्याड प्रदान गरिएको हो ।

    १. भारत जाने आईटीएफ तेक्वान्दो टोली ।
    २. हक्की खेल सामाग्री प्रदान गरिदै ।

    प्रकाशित मिति :श्रावण १५, २०८० सोमवार - १५:५४:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको