Logo

मंगलवार, कार्तिक ११ गते २०८३

नेपालका तेक्वान्दो अन्तर्राष्ट्रिय खेलाडी ,प्रशिक्षक एवं निर्णायक सञ्जीवलाई अमेरिकामा विशेष सम्मान

नेपालका तेक्वान्दो अन्तर्राष्ट्रिय खेलाडी ,प्रशिक्षक एवं निर्णायक सञ्जीवलाई अमेरिकामा विशेष सम्मान

जोईन खबर

१७, श्रावण २०८०
  • 1.1K
    SHARES
  • नेपालका तेक्वान्दो  अन्तर्राष्ट्रिय खेलाडी ,प्रशिक्षक एवं निर्णायक  सञ्जीवलाई अमेरिकामा विशेष सम्मान

    १७ साउन काठमाडाै । नेपालका  तेक्वान्दो अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक एवं निर्णायक सञ्जीव नेपाली अमेरिकामा विशेष सम्मानबाट सम्मानित भएका छन् । खेलकुद क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै अमेरिकाको द सिनेट अफ मेरील्यान्ड र न्यु जर्सी सिटीले उनलाई विशेष सम्मान गरेको हो । उनलाई द सिनेट अफ मेरील्यान्डका काथरिन क्यासमियर र न्यु जर्सी सिटीका काउन्सिल प्रेसिडेन्ट जोयस वाटरम्यानले सम्मान गरेका हुन् ।

    images

    अमेरिका बसाइका क्रममा तेक्वान्दो खेलको विकास र विस्तारमा पु¥याएको योगदानको कदर गर्दै आफूलाई सो सम्मान प्रदान गरेको सञ्जीवले बताए । ‘अमेरिका बसाइँका क्रममा विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्नुका साथै अफिसियल रेफ्रीजर्ज र प्रशिक्षकको भूमिका पनि निर्वाह गर्दै आएको छु’, सञ्जीवले भने, ‘त्यही योगदानको कदर गर्दै दुवै संस्थाले सम्मान गरेका हुन् ।’ यो सम्मान आफ्नो खेल जीवनकै सबैभन्दा ठूलो भएको सञ्जीवले बताए ।

    images
    images
    images

    बारा निजगढका सञ्जीवले तेक्वान्दोका माध्यमबाट विश्वका विभिन्न देशमा पुगेर राष्ट्रको झण्डा फहराउँदै आएका  छन् । लामो समय तेक्वान्दोमै बिताएका सञ्जीवले आफूले सकुँञ्जेल तेक्वान्दोकै विकास र विस्तारमा समर्पित हुने योजना बनाएका छन् । उनले हङकङ, थाइल्यान्ड, इङ्ल्यान्ड, स्पेन, जापान, क्यानडा, अमेरिकालगायतका मुलुकमा पुगेर विभिन्न प्रतियोगितामा सहभागिता जनाउनुका साथै पदक पनि जितेका छन् ।

    प्रकाशित मिति :श्रावण १७, २०८० बुधवार - १०:३९:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको