Logo

बिहिवार, श्रावण १४ गते २०८३

राष्ट्रिय स्क्वास खेलकाे हुने ,स्क्वास खेलको पत्रकार सम्मेलन

राष्ट्रिय स्क्वास खेलकाे हुने ,स्क्वास खेलको पत्रकार सम्मेलन

जोईन खबर

१९, श्रावण २०८०
  • 676
    SHARES
  • राष्ट्रिय स्क्वास खेलकाे हुने ,स्क्वास खेलको पत्रकार सम्मेलन

    १९ साउन काठमाडौँ ।नेपाल स्क्वास र्याकेट्स संघ (एनएसआरए) को आयोजनामा हुने पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता साउन २१ देखि २७ गतेसम्म हुँदैछ ।

    images

    यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता दिएको बताइएको छ । यो प्रतियोगिता धनलक्ष्मी महर्जन फाउन्डेसनअन्तर्गत हुन लागेको हो । स्क्वास संघका निवर्तमान अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामाकरण गरिएको हो ।

    यस प्रतियोगितामा देशभरबाट एक सयभन्दा बढी खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा प्रायोजक संस्थाबाट दुई लाख रुपियाँ नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ ।पाँच विधा समावेश प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, ब्वाइज यु–१९, मास्टर खुल्ला पुरुष (५० तथा सो वर्षभन्दा माथि) र प्लेट च्याम्पियन्सिपमा प्रतिस्पर्धा हुनेछ । खेलहरु सातदोबाटोस्थित स्क्वास एकेडेमीमा हुनेछ ।

    प्रकाशित मिति :श्रावण १९, २०८० शुक्रवार - १०:४१:३६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको