Logo

बिहिवार, श्रावण १४ गते २०८३

पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता आइतबार बाट सुरु

पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता आइतबार बाट सुरु

जोईन खबर

२२, श्रावण २०८०
  • 673
    SHARES
  • पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता आइतबार बाट  सुरु

    २२ साउन काठमाडाै। नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० आइतबार सुरु भएको छ । राजेन्द्र शाक्य, रेसुभ चुरिवाल, प्रयाग जोशी, निशान्त अग्रवाल, धीर पुन, राजकुमार श्रेष्ठ र रत्नकाजी शाक्य पहिलो दिन जित हात पारेर दोस्रो चरणमा पुग्नुभएको छ ।रिषभले शैलश अमात्यलाई सजिलै ११–०, ११–२ र ११–७ को सोझो सेटमा हराएर अगाडि बढ्नुभयो ।

    images

    अन्य खेलमा निशान्तले अजय सिंह, धीरुले अजित के. सिंह (११–५, ११–५, ११–६) र रत्नकाजीले जुनिल शाक्य (११–४, ११–२, ११–३) लाई पनि सीधा सेटमा पराजित गरेर प्रिक्वाटरफाइनलको यात्रा तय गर्नुभयो ।प्रयाग र राजकुमारले भने पहिलो चरण पार गर्न प्रतिस्पर्धात्मक पाँच सेट खेल्नुपर्यो । प्रयागले ऋद्धि शाक्यलाई ९–११, ११–३, ९–११, ११–५ र ११–८ ले हराउनुभयो । राजकुमारले राज महर्जनविरुद्धको कठिन खेलमा ४–११, ९–११, ११–९, ११–४ र ११–७ ले जित हात पार्नुभयो ।


    राजेन्द्र भने वाकओभर प्राप्त गरी अगाडि बढ्नुभएको हो  आश्विन तोडीले खेल छोडेपछि राजेन्द्र सीधै दोस्रो चरणमा पुग्नुभयो । पुरुष एकलमा शीर्ष चार वरीयताप्राप्त खेलाडीलाई पनि पहिलो चरणमा बाई दिइएको छ ।मास्टर्स एकलमा सुरेश शाक्य, मधुलाल मास्के, अजय के. सिंह, इन्द्रबहादुर र प्रेम सिंहले आआप्mनो खेल जितेर पहिलो चरण पार गर्नुभयो ।

    सुरशेले अनिल वज्राचार्यलाई ८–११, ११–६, ११–८, ११–५ र मधुलालले किरण श्रेष्ठलाई रोमाञ्चक पाँच सेटको खेलमा ५–११, १०–१२, १३–११, ११–४, ११–३ ले हराउनुभयो । अजय केशरले पनि बल्लतल्ल महेन्द्र वैद्यलाई ११–८, ११–९, ६–११, ६–११ र ११–७ ले पराजित गर्नुभयो । यसैगरी, इन्द्रबहादुरले रत्न महर्जनलाई ११–२, ११–४ र ११–६ तथा प्रेम सिंहले जितेन्द्र जोशीलाई ११–८, ११–२, १०(१२ र ११–२ ले हराएर दोस्रो चरणमा स्थान बनाउनुभयो ।

    प्रकाशित मिति :श्रावण २२, २०८० सोमवार - ११:१९:३१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको