२३ साउन काठमाडाैँ । केएमसी स्कुलको आयोजनामा तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता भदौ १५ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा ३ विधामा ३२ टिमको सहभागिता रहने केएमसीका इसीए इन्चार्ज सिद्धान्त राईले जनाएका छन् । सिनियर ब्वाइजमा १६ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान ८–८ टिमको सहभागिता रहने छ ।
प्रतियोगिता लिग कम नकआउट आधारमा हुनेछ । खेलहरु शंखमूलस्थित आयोजक केएमसीको आफ्नै कोर्टमा खेलाइने छ । यसै गरी दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्न सफल नन्दन बस्यालको स्वागत कार्यक्रम अाज २०८०साउन २३ गते, मंगलबार बिहान ११ः०० बजे अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गर्ने भनिएकाे छ ।