२६ साउन काठमाडौँ । अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली शुक्रबार युकेको नर्थ योर्कसायर प्रस्थान गर्दै छ ।अगष्ट १३ तारिखमा हुने प्रतियोगितामा समिप श्रेष्ठले एकल काता तथा गुना गुरुङले चाइनिज फम्र्समा प्रतिस्पर्धा गर्ने छन् ।
टोलीको व्यवस्थापकमा तेजबहादुर बरुवाल रहेका छन् ।टोलीलाई सफलताको शुभकामना दिदै आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष एवं नेपाल उमा कुङफु संघका महासचिव भुपेन्द्र गुरुङ, आदिवासी खेलकुद संघ नेपालका महासचिव सुरेश मगरलगायतले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।
बिदाइका अवसरमा अध्यक्ष गुरुङले खेलाडीले पदक जितेर अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्नेमा आफू विश्वस्त रहेको बताउदै खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न सुझाए ।उक्त प्रतियोगितामा नेपालबाट उद्धव थापा मगरले पनि चाइनिज फम्र्समा प्रतिस्पर्धा गर्ने अध्यक्ष गुरुङले जानकारी गारए । उद्धव केहि महिनादेखि युकेमै छन् ।
क्षेत्रीको अध्यक्षतामा कोशी प्रदेश मुवाँथाइ
विक्रम पौडेल क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय कोशी प्रदेश मुवाँथाइ संघ बिहीबार गठन गरिएको छ । उपाध्यक्षमा हेमन्त गुरुङ, सचिवमा नवराज खड्का र कोषाध्यक्षमा पवित्रा बजगाईं चयन भएको नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।सदस्यमा सम्पतलाल चौधरी, कुशल भेटवाल, गोपाललाल सिंह, फर्सबहादुर मगर, सेराज कुसीमै, श्याम माझी र बसन्तीकुमारी गुरुङ रहेका छन् ।