२६ साउन काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय कप मेन्स फुटसल प्रतियोगिता काठमाडौंमा हुने भएको छ । पूर्वाञ्चल विश्व विद्यालयको आयोजना तथा विराटनगर सिटी फुटबल क्लबको व्यवस्थापनमा काठमाडौंको अर्किड कलेजमा फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ३० भन्दा बढी कलेजले प्रतियोगितामा सहभागिता जनाउने बताइएको छ । प्रतियोगिता सेप्टेम्बर ३ तारिख (भदौं १७) देखि सेम्पटेम्बर १२ (भदौं २६) सम्म आयोजना हुने छ ।प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख पुरस्कार पाउने छ भने उप विजेता हुने टिमले ५० हजार प्राप्त गर्ने छ । यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीहरुले जनही ५ हजार प्राप्त गर्ने छन् ।