Logo

बिहिवार, श्रावण १४ गते २०८३

ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबलको उद्घाटन गर्ने, क्रममा निर्णायकलाई बल हस्तान्तरण गरिदै

ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबलको उद्घाटन गर्ने, क्रममा निर्णायकलाई बल हस्तान्तरण गरिदै

जोईन खबर

२८, श्रावण २०८०
  • 1.0K
    SHARES
  • ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबलको उद्घाटन गर्ने, क्रममा निर्णायकलाई बल हस्तान्तरण गरिदै

    २८ साउन काठमाडाैँ  । आयोजक ग्रिनफिल्ड नेसनल स्कुलले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार विजयी सुरुआत गरेको छ ।बाफलस्थित घरेलु कोर्टमा ग्रिनफिल्डले काठमाडौं भ्याली, छाउनीलाई ३२–१३ ले पराजित ग¥यो । ग्रिनफिल्डका अर्जुन बस्नेतले १४ अंक जोडे । सो स्पर्धामा ग्रिनल्यानडले ओरेकललाई ५५–१७, बिग बुद्धले दिब्यज्ञानलाई १६–१३ र नेरिकले स्वर्णिमलाई २९–१९ ले हराए ।जुनियर ब्वाइजमा एन्जल्स हार्टले श्री नवीन ज्योतिलाई ३१–५, पिपुल्स एकेडेमीले ओरेकललाई १३–३ र किङडम हिमालयले काठमाडौं भ्याली, छाउनीलाई २४–४ ले पन्छाए ।

    images

    सिनियर गल्र्समा काठमाडौं भ्याली, छाउनीले एन्जल्स हार्टलाई ९–८ तथा भ्याली पब्लिकले स्वर्णिमलाई २८–१० ले पाखा लगाए ।प्रतियोगिताको नागर्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे । प्रतियोगिताको सिनियर ब्वाइजमा ३२ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान २४–२४ टिम सहभागी छन् । फाइनल भदौ ९ गते हुनेछ ।

     

    प्रकाशित मिति :श्रावण २८, २०८० आइतवार - १६:३८:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको