२९ साउन काठमाडौँ जेबी इङलिस स्कुल र ज्ञान निकेतनले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार सफलता पाएका छन् ।जेबीले दिब्यज्ञानलाई ३५–१५ ले पराजित ग¥यो । जेबीको जितमा विकास डंगालेले १८ अंक योगदान गरे ।
आयुश रावलको १२ अंक सहयोगमा ज्ञान निकेतनले बिग बुद्धलाई ३२–१८ ले हरायो ।सिनियर ब्वाइजमै पिपुल्स एकेडेमीले काठमाडौं भ्याली, रानीवनलाई ४७–४३, ब्राइट होराइजनले एनआईसी एकेडेमीलाई ३६–१४ र राइजिङ स्टारले आयोजक ग्रिनफिल्ड नेसनल स्कुल ‘बी’ लाई २६–१५ ले पाखा लगाए ।
पिपुल्सका राकेश भुजेलले १५, ब्राइट होराइजनका ज्योतिषबहादुर शाहीले १८ र राइजिङ स्टारका समित बलामीले ८ स्कोर गरे ।सिनियर गल्र्समा महामञ्जुश्रीले ग्रिनफिल्ड ‘ए’ लाई २२–११, पिपुल्सले जेबीलाई १८–१४ र भ्याली पब्लिकले ब्राइट होराइजनलाई ३१–१२ ले पन्छाए ।
महामञ्जुश्रीकी निलम तामाङले ६, पिपुल्सकी अन्जु थापाले ७ र भ्याली पब्लिककी लोरिशा गौचनले १७ अंक जोडे ।जुनियर ब्वाइजमा ज्ञान निकेतनले नेपाल प्रहरी स्कुललाई ३६–१८ तथा महामञ्जुश्रीले त्रिज्योतिलाई २४–१८ ले पराजित गरे । ज्ञान निकेतनका दिप्सन अधिकारीले १२ तथा महामञ्जुश्रीका अभिषेक पौडेले ८ अंक बटुले ।