Logo

बिहिवार, श्रावण १४ गते २०८३

अन्तर्राष्ट्रिय मार्सल आर्ट्सका पदक विजेता उद्धव थापा मगर र गुना गुरुङ

अन्तर्राष्ट्रिय मार्सल आर्ट्सका पदक विजेता उद्धव थापा मगर र गुना गुरुङ

जोईन खबर

३०, श्रावण २०८०
  • 748
    SHARES
  • अन्तर्राष्ट्रिय मार्सल आर्ट्सका पदक विजेता उद्धव थापा मगर र गुना गुरुङ

    ३० साउन काठमाडौँ ।  नेपालका उद्धव थापा मगर र गुना गुरुङले अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा पदक जितेका छन् । उद्धवले दोहोरो स्वर्ण तथा गुनाले रजत जितेको आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष समेत नेपाल उमा कुङफु संघका महासचिव भुपेन्द्र गुरुङले जनाएका छन् ।युकेको योर्कसायरमा अगष्ट १३ तारिखमा भएको प्रतियोगितामा उद्धवले ट्रेडिसनल चाइनिज फम्र्सअन्तर्गत स्वोर्ड र ड्रङकन विधामा गरी दुई स्वर्ण जिते ।

    images

    गुनाले ताइची स्पर्धामा रजत जितिन् । अर्का सहभागी समिर श्रेष्ठले पदकविहीन रहे ।प्रतियोगिताको व्यवस्थापकमा तेजबहादुर बरुवाल छन् भने युकेमा नेपाली टोलीको समन्वय लक्ष्मी मगरले गरेकी थिइन् ।अध्यक्ष गुरुङले खेलाडीले पदक जितेकोमा खुशी व्यक्त गर्दै पदक विजेतालाई बधाइ दिए । उनका अनुसार टोली अगष्ट २० तारिखमा स्वदेश फर्किने छ ।

    प्रकाशित मिति :श्रावण ३०, २०८० मंगलवार - १०:३८:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको