स्पेनिस ला लिगामा बार्सिलोनाले पहिलो जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले कार्डिजलाई २-० गोलले पराजित गर्यो। बार्सिलोनाका लागि पेड्रीले ८२ मिनेटमा पहिलो गोल गर्दा फेरान टोरेशले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा अग्रता दोब्बर पारे। पेड्रीलाई गुन्डोगान र टोरेशलाई लेवान्डोवस्कीले गोलका लागि पास दिएका थिए ।