Logo

बिहिवार, श्रावण १४ गते २०८३

रग्बी उपाधि विजेता हङकङ चाइना थाइल्यान्ड महिला पुरुष टोलीलाई उपाधि

रग्बी उपाधि विजेता हङकङ चाइना थाइल्यान्ड महिला पुरुष टोलीलाई उपाधि

जोईन खबर

५, भाद्र २०८०
  • 721
    SHARES
  • रग्बी उपाधि विजेता  हङकङ चाइना  थाइल्यान्ड महिला  पुरुष टोलीलाई उपाधि

    ५ भदौ काठमाडौँ । हङकङ चाइना र थाइल्यान्डले एसिया यु–२० सेभेन्स पुरुष तथा महिला रग्बी प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । हङकङ चाइना पुरुष तथा थाइल्यान्ड महिलामा च्याम्पियन बने ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा हङकङ चाइनाले मलेसियालाई १९–१४ ले पराजित ग¥यो । चाइनिज ताइपेईं तेश्रो भयो ।

    images

    पुरुषमा ७ राष्ट्रले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगिताअन्तर्गत चार राष्ट्र सहभागी महिलाको राउन्ड रोविन लिगमा थाइल्यान्ड शीर्ष स्थानमा रहँदै पहिलो भयो । हङकङ चाइना दोश्रो तथा मलेसिया तेश्रो बने ।

    विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, एसिया रग्बीका अध्यक्ष कायस अल धलाई, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले एक कार्यक्रमबीच पुरस्कृत गरे ।नेपाली रग्बीको इतिहासमा नेपालमा भएको यो अहिलेम्मकै ठूलो प्रतियोगिता हो । गत वर्ष रग्बी संघले एसिया रग्बी यु–१८ सेभेन्सको सफलतापूर्वक आयोजना गरेको थियो ।

    प्रकाशित मिति :भाद्र ५, २०८० मंगलवार - ११:२२:०३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको