Logo

बिहिवार, श्रावण १४ गते २०८३

ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा पिपुल्स र सेब क्वाटरफाइनलमा

ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा पिपुल्स र सेब क्वाटरफाइनलमा

जोईन खबर

६, भाद्र २०८०
  • 730
    SHARES
  • ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा  पिपुल्स र सेब क्वाटरफाइनलमा

    ६ भदाै काठमाडाैँ । पिपुल्स एकेडेमी र सेब दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।बाफलस्थित आयोजक ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा पिपुल्सले नेरिक एकेडेमीलाई १५–११ तथा सेबले ग्रिनफिल्ड ‘सी’ लाई १६–७ ले पराजित गरे ।

    images

    सिनियर ब्वाइजमा जेनिथले नेरिकलाई ५८–५२, ग्रिनल्यान्डले काठमाडौं भ्याली, रानवीवनलाई ५८–३१, जेबी इङलिस स्कुलले सेबलाई ४०–३५, हेम्सले पुष्पसदनलाई ५७–५४ र ब्राइट होराइजनले नेपालयलई ४७–२८ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।सिनियर गल्र्समा संस्कृतिले रिब्स ‘बी’ लाई २९–९, जेसिस इन्टरनेसनल स्कुलले न्यु जेनिथलाई १६–८ र काष्ठमण्डपले काठमाडौं भ्याली, छाउनीलाई ४०–१४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान बनाए ।

    प्रकाशित मिति :भाद्र ६, २०८० बुधवार - १६:१४:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको