Logo

बिहिवार, श्रावण १४ गते २०८३

१३ औं दक्षिण एसियाली खेलकुदमा जितबहादुरलाई कोरियामा दोहोरो स्वर्ण पदक

१३ औं दक्षिण एसियाली खेलकुदमा जितबहादुरलाई कोरियामा दोहोरो स्वर्ण पदक

जोईन खबर

६, भाद्र २०८०
  • 754
    SHARES
  • १३ औं दक्षिण एसियाली खेलकुदमा जितबहादुरलाई कोरियामा दोहोरो स्वर्ण पदक

    ६ भदाै काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता तेक्वान्दो खेलाडी जितबहादुर बोटले दक्षिण कोरियामा दोहोरो स्वर्ण पदक जितेका छन् । १३ औं सागका दोहोरो कांस्य पदक विजेता बोटले कोरियामा आठौं डेजोन कप इन्टरनेसनल खुला तेक्वान्दो च्याम्पियनसिप र गङ्वन चुनचुवान वल्र्ड तेक्वान्दो कल्चर फेस्टिभलमा स्वर्ण पदक जितेका हुन् ।

    images


    गत अगष्ट ११ देखि १६ तारिखसम्म आयोजना भएको आठौं डेजोन कप इन्टरनेसनलमा जितबहादुरले ३० वर्षमुनिको एकल पुम्सेमा प्रतिस्पर्धा गरेका थिए ।यसैगरी दक्षिण कोरियामै अगष्ट १८ देखि २० तारिखसम्म आयोजना भएको गङ्वन चुनचुवान वल्र्ड तेक्वान्दो कल्चर फेस्टिभलमा १३ औं सागकी स्वर्ण विजेता पार्वती गुरुङसँग मिलेर ३० वर्षमुनिको पेयर पुम्सेमा जितबहादुरले स्वर्ण पदक जितेका हुन् ।

    १३ औं सागमा जितबहादुर बोटले पेयर पुम्से र टिम पुम्सेमा कांस्य पदक जितेका थिए । यसैगरी पार्वती गुरुङले एकल पुम्सेमा स्वर्ण र पेयर पुम्सेमा कांस्य पदक जितेकी थिइन् । पेयर पुम्सेमा जितबहादुर र पार्वतीले नै प्रतिस्पर्धा गरेका थिए ।

    प्रकाशित मिति :भाद्र ६, २०८० बुधवार - १६:३३:५७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको