Logo

बिहिवार, श्रावण १४ गते २०८३

दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता भ्याली पब्लिक र जेसिस सेमिफाइनलमा

दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता भ्याली पब्लिक र जेसिस सेमिफाइनलमा

जोईन खबर

७, भाद्र २०८०
  • 823
    SHARES
  • दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता भ्याली पब्लिक र जेसिस सेमिफाइनलमा

    ७ भदाै काठमाडाैँ । भ्याली पब्लिक र जेसिस दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।बाफलस्थित आयोजक ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा भ्याली पब्लिकले काष्ठमण्डप विद्यालयलाई ४३–२४ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा लोरिशा गौचनले २० अंक योगदान गरिन् ।

    images

    स्मृतिको १० अंक सहयोगमा जेसिसले महामञ्जुश्रीलाई २१–१० ले हरायो ।जुनियर ब्वाइजमा एन्जल्स हार्टले सेबलाई ३१–२३ ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय ग¥यो । एन्जल्स हार्टका लागि रुपेश पौडेलले २५ स्कोर गरे ।सिनियर ब्वाइजमा जेनिथ, ग्रिनल्यान्ड र जेबी इङलिस स्कुलले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

    जेनिथले पिपुल्स एकेडेमीको यात्रामा ५०–३४ ले पूर्णविराम लगायो । जेनिथका रोनिश लामाले १४ अंक जोडे ।ग्रिनल्यन्डले हेम्सलाई ६७–५१ ले पन्छायो । ग्रिनल्यान्डका प्रवीण गुरुङले २७ अंक बटुले । जेबीले ब्राइट होराइजनमाथि ६१–५९ को कठिन जित दर्ता ग¥यो । जेबीका विकास डंगोलले २४ स्कोर गरे ।

     

     

    प्रकाशित मिति :भाद्र ७, २०८० बिहिवार - १८:०३:३३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको