Logo

मंगलवार, श्रावण १२ गते २०८३

अभिनेत्री रेखा थापा फिल्म अभिनयमा फर्किइन

अभिनेत्री रेखा थापा फिल्म अभिनयमा फर्किइन

जोईन खबर

८, भाद्र २०८०
  • 1.0K
    SHARES
  • अभिनेत्री रेखा थापा  फिल्म  अभिनयमा फर्किइन

    ८ भदाै काठमाडौँ । राजनीतिमा सक्रिय देखिएकी अभिनेत्री रेखा थापा अभिनयमा फर्किएकी छन् । उनी फिल्म ‘उपहार’ मार्फत अभिनयमा फर्किएकी हुन् । २०७५ मा ‘मालिका’पछि उनका कुनै पनि फिल्म आएको छैन ।उपहार’को बिहीबार पशुपतिमा शुभ–मुहूर्त गरिएको छ  । यो फिल्म उनकै होम प्रोडक्सनमा निर्माण हुन लागेको हो ।फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा हुन् ।

    images

    ज्ञानेन्द्रले गतबर्ष हिट फिल्म ‘झिँगेदाउ’ दिएका थिए । फिल्ममा रेखाको अलवा पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, मिस्टर नेपाल २०२३ का विजेता समर्पणजंग कार्की, शिशिर राणा, तेज गिरीलगायतको मुख्य भूमिका रहनेछ । काठमाडौँ आसपासमा छायाङ्कन गरिने फिल्म सामाजिक विषयवस्तुमाथि आधारित भएर निर्माण हुने लागेको हो । फिल्ममा रेखा, पूजा र बेनिशा एक्सन भूमिकामा देखिने बताइन्छ ।

    प्रकाशित मिति :भाद्र ८, २०८० शुक्रवार - १२:०८:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको