२९ फागुन, काठमाडौं । आसिफ शेखको विस्फोटक ब्याटिङ र सन्दीप लामिछानेको घातक स्पिनको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुवा न्युगिनीमाथि ९ विकेटको सानदार जित हात पारेको छ ।
यो जितसँगै नेपाल विश्वकप छनोटको नजिक पुगेको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै हुने यूएईसँगको खेल जितेमा नेपालले आउँदो जुन जुलाईमा जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनोट खेल्न पाउने छ ।

