Logo

बिहिवार, श्रावण १४ गते २०८३

सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

जोईन खबर

११, भाद्र २०८०
  • 964
    SHARES
  • सन्दीप लामिछाने  पाकिस्तान प्रस्थान

    नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसियाकप क्रिकेटका लागि पाकिस्तान प्रस्थान गरेका छन् । अदालतमा मुद्दा विचाराधिन रहेका कारण टिमसँगै जान नपाएका सन्दीप पेशी सरेपछि आजमात्रै पाकिस्तान प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले विदाई गरेका हुन् । विदाई कार्यक्रममा नेपालले एसिया कप क्रिकेट खेल्नु आफैमा ऐतिहासिक रहेको बताउँदै उक्त खेलका लागि सन्दीपको भूमिका पनि अर्थपूर्ण रहेको बताए ।  उनले सन्दीपबाट नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा राखेको अपेक्षा पूरा हुने पनि बताए । यसैगरी, पाकिस्तान जान लागेका सन्दीपले  एसियाकपमा राम्रो प्रदर्शन गर्ने बताए । आफूले पनि राम्रो अभ्यास गरेको बताउँदै आफू खेल्नलाई फिट रहेको पनि बताए । सन्दीपसँगै नेपाल क्रिकेट संघ क्यानले सुवास जयसवाललाई पनि पठाएको छ । उनी नेपाली टिमको सहायक म्यानेजरको रुपमा पाकिस्तानमा जोडिने छन् । सन्दीप र सुवास कतार एयरवेजमार्फत दोहा हुँदै पाकिस्तानको मुल्तान उत्रने छन्

    images

              sandip 2.jpg                sandip 3.jpg

    प्रकाशित मिति :भाद्र ११, २०८० सोमवार - १२:१९:४५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको