Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपालले आज पहिलाे खेल पाकिस्तानसँग खेल्दै

नेपालले आज पहिलाे खेल पाकिस्तानसँग खेल्दै

जोईन खबर

१३, भाद्र २०८०
  • 865
    SHARES
  • नेपालले आज पहिलाे खेल पाकिस्तानसँग खेल्दै

    १३ भदाै काठमाडाैँ । नेपालले एसिया कपको उद्धघाटन खेलमा आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । नेपाल र पाकिस्ताानबीचको खेल दिउँसो ३ः१५ मा मुल्तान क्रिकेट रंगशालामा क्रिकेट हुनेछ । नेपालले पहिलो पटक विश्वको नम्वर वान टोली पाकिस्तानसँग खेल्दैछ । बाबर आजम र शाहिन शाह अफ्रिदी जस्ता विश्वका उत्कृष्ट ब्याटर र बलर भएको पाकिस्तानविरुद्ध नेपाल आफ्नो उत्कृट खेल खेल्ने भएकाे छ ।

    images

    नेपालले पहिलो पटक विश्वको नम्वर वान टोली पाकिस्तानसँग खेल्दैछ । बाबर आजम र शाहिन शाह अफ्रिदी जस्ता विश्वका उत्कृष्ट ब्याटर र बलर भएको पाकिस्तानविरुद्ध नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ । नेपालको कप्तानी रोहित पौडेल र पाकिस्तानको बाबर आजमले गर्नेछन् ।

    नेपालले एसिया कप खेल्ने आठौं टोली बन्दैछ । एसोसिएट टोलीमा युएई, हङकङपछि तेस्रो टोली बन्नेछ । पाकिस्तान ओडिआई वरियता शीर्ष र नेपाल १५ औं स्थानमा छ । सन् १९९२ को विश्वकप तथा २००९ को टि२० विश्वकप विजेता पाकिस्तानसँग खेल्दा नेपाललाई कुनै दबाब हुनेछैन ।

    नेपाललाई गुमाउनु केहि छैन । नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्दै विश्वलाई देखाउन चाहन्छ । एसिया कपमा राम्रो गर्न सके नेपाली खेलाडीलाई विदेशी फ्रेन्जाइज लिगमा अवसर हरु खुल्न सक्छन् ।

    प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - १०:०१:४५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको