एसियाकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता पाकिस्तानमा सुरुहुँदै छ । पहिलो पटक यो प्रतियोगितामा नेपालले सहभागिता जनाउँदै छ । ऐतिहासिकरुपमा नेपालले एसियाकपको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानसँग खेल्दै सुरुआत गर्ने छ । पाकिस्तानले नेपालविरुद्धको खेलका लागि प्लेइलेभेन घोषणा गरेको छ । फखर जमान र इमाम उल हकले ओपनिङको जिम्मेवारी खेल्नेछन् । योसँगै मिडल अर्डरमा कप्तान बाबर आजम, विकेटकिपर मोहम्मद रिजवान र सलमान आगाले सम्हाल्ने छन् । तल्लो क्रममा, इफ्तिखार अहमद, मोहम्मद नवाज, र सादाब खानलाई इनिङ्सलाई राम्रो बनाउने जिम्मेवारी हुनेछ।
