काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली क्रिकेट टोलीलाई जितको शुभकामना दिएका छन् । मेयर बालेनले सामाजिक संजाल फेसबुकबाट नेपाली टोलीलाई शुभकामना दिएका हुन् ।
मेयर बालेन लेख्नु हुन्छ "टिभीमा सोएब अख्तर, शाहीद अफरिदी, बाबर आजम, शाहीन अफरिदीहरुको खेल हेरेर रमाइन्थ्यो । विश्वकप विजेताहरुको देश र वरियतामा उपल्लो क्रममा रहेका खेलाडी भएको टिमले सँधै रोमाञ्चकता दिन्थ्यो । सोचिन्थ्यो, नेपाली टोलीले पनि यीनै खेलाडीहरु खेल्दा कस्तो हुन्थ्यो १ अफरिदीको योर्करलाई भुर्तेलले कसरी सामना गर्थे होलान् १ सोमपालको बलिङमा बाबर आजमले कसरी कभर ड्राइभ हान्छन् होला १ सन्दिपले रिजवानलाइ कसरी स्पिनमा नचाउँछ होलान् १ यस्ता अविश्वासिला जस्ता लाग्ने कौतुहलता सधै मनमा रहन्थ्यो । यो सपना आज केही समयमा पूरा हुँदै छ । नेपाली सबैलाई गर्व गर्ने ठाउमा पुर्याउने सम्पुर्ण टोलीलाई हार्दिक बधाइ अनि खेलको लागि सम्पुर्ण नेपालीलाई शुभकामना ।"
