Logo

बुधवार, श्रावण १३ गते २०८३

सन्दिप लामिछानेद्वारा सलमान आगा र दीपेन्द्रद्वारा मोहम्मद रिजवान आउट

सन्दिप लामिछानेद्वारा सलमान आगा र दीपेन्द्रद्वारा मोहम्मद रिजवान आउट

जोईन खबर

१३, भाद्र २०८०
  • 1.2K
    SHARES
  • सन्दिप लामिछानेद्वारा सलमान आगा र  दीपेन्द्रद्वारा   मोहम्मद रिजवान आउट

    १३ भदाै काठमाडाैँ ।  नेपालले एसिया कपमा घरेलु टोली पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानको विकेट रन आउटको रुपमा लिएको छ । मुल्तान रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले २४ ओभरमा ३ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ ।

    images

    बाबर आजम ६१ बलमा ४ चौकासहित ४३ रनमा क्रिजमा छन् । उनलाई अघा सलमानले साथ दिनेछन् । रिजवान २४ औं ओभरको चौथो बलमा ५० बलमा ६ चौकासहित ४४ रनमा रन आउट भए । दीपेन्द्रको डाइरेक्ट थ्रो बलमा रिजवान रन आउट हुन पुगे ।

    तेस्रो विकेटका  रिजवान  ४४ रनको अाउट र  चाैथाे विकेटमा सलमान आगा ५ रन आउट भएका छन ।   नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिएका थिए । करणको छैटौं ओभरको तेस्रो बलमा ओपनर फखार जमान एज लागेर विकेटकिपर आसिफ शेखबाट १४ रनमा क्याच आउट भए ।

    सातौं ओभरको पहिलो बलमा रोहित पौडेलले डाइरेक्ट थ्रोमा इमाम उल हकलाई ५ रनमा रन आउट गरेका थिए । त्यसअघि आरिफ शेखले पाँचौं ओभरको पाँचौं बलमा इमाम उल हकलाई ब्यक्तिगत पाँच रनमा जीवनदान दिएका थिए ।

    प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - १७:१७:२६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको