१५ भदाै काठमाडाैँ । आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई ३२ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन १५.४ ओभरमा ३१ रनमा अल आउट भयो ।
बहराइनकी कप्तान दीपिकाले २० बलमा १ चौकासहित सर्वाधिक ११ रन बनाइन् । नेपालको बलिङ सामु बहराइनका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमा ६ खेलाडी शून्यमा आउट भए ।नेपालकी इन्दु बर्माले ४ ओभरमा २ मेडनसहित ५ रन खर्चेर सर्वाधिक तीन विकेट लिइन् ।
खुशी डंगोलले १.४ ओभरमा १ मेडनसहित कुनै रन नदिइ दुई विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर १ विकेट लिइन् ।पुजा महतोले २ ओभरमा ४ रन खर्चेर १ विकेट लिइन् ।