Logo

बुधवार, श्रावण १३ गते २०८३

छैटौं राष्ट्रिय उमा कुङफुअन्तर्गत प्यार्टनका उत्कृष्ट खेलाडी

छैटौं राष्ट्रिय उमा कुङफुअन्तर्गत प्यार्टनका उत्कृष्ट खेलाडी

जोईन खबर

२४, भाद्र २०८०
  • 742
    SHARES
  • छैटौं राष्ट्रिय उमा कुङफुअन्तर्गत प्यार्टनका उत्कृष्ट खेलाडी

    २४ भदाै का ठमाडाैँ । बागमती प्रदेशले छैटौं राष्ट्रिय उमा कुङफु प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बागमती सर्वाधिक १९ स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।नेपाल उमा कुङफु संघद्वारा आयोजित प्रतियोगितामा १४ स्वर्णसाथ गण्डकी प्रदेश दोश्रो भयो । तेश्रो स्थानको कोशी प्रदेशले ७ स्वर्ण हात पा¥यो ।प्याटर्नको पुरुषमा अपिल मोक्तान तथा महिलामा साइना महर्जन उत्कृष्ट खेलाडी घोषित भए । सान्डाको पुरुषमा दिपेश थिङ तथा महिलामा सन्तली थामी उत्कृष्ट खेलाडी चुनिए । चारै बागमतीका हुन् ।

    images

    उत्कृष्ट चारैले जनही १५ हजार नगद पुरस्कार हात पारे ।विजेतालाई नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । यसअघि एकदिने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । सो अवसरमा सदस्य–सचिव घिसिङले वल्र्ड मार्सल आर्ट्स गेम्स कमिटी (डब्लुएमएसी), अस्ट्रियाबाट प्राप्त विभिन्न डानको प्रमाण पत्र सम्बन्धितलाई हस्तान्तरण गरिएको थियो ।

    संजीतकुमार राईलाई पाँचौं डान, रमेश महर्जन र कमल मगरलाई चौथो डान तथा सञ्जयराज पुटुवार, सरिना घले र रवि महर्जनलाई तेश्रो डानको प्रमाण पत्र प्रदान गरियो । नेपाल उमा कुङफु संघकी उपाध्यक्ष मुन्नी सुवेदीलाई डब्लुएमएसीबाटै प्राप्त मानार्थ सदस्यको प्रमाण पत्र पनि सोही अवसरमा प्रदान गरिएको थियो ।प्रतियोगिताअन्तर्गत सान्डा स्पर्धामा अन्तर्राष्ट्रिय निर्णायक संजीतकुमर राई तथा प्याटर्न स्पर्धामा अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा तामाङले मुख्य जजको भूमिका निर्वाह गरेका थिए ।

    प्रकाशित मिति :भाद्र २४, २०८० आइतवार - १०:३७:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको