Logo

बुधवार, श्रावण १३ गते २०८३

विकासको नयाँ राष्ट्रिय कीर्तिमान

विकासको नयाँ राष्ट्रिय कीर्तिमान

जोईन खबर

२६, भाद्र २०८०
  • 703
    SHARES
  • विकासको नयाँ राष्ट्रिय कीर्तिमान

    २६ भदाै काठमाडाैँ। नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले रियादमा जारी आईडब्लुएफ विश्व च्याम्पियनसिपमा ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष ८१ केजी तौलसमूहमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जनाएका छन् ।विकासले आफ्नै नाममा रहेको तीनै कीर्तिमानमा सुधार गरेका हुन् ।

    images

    विकासले स्न्याचमा १२४ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरे । १२३ केजीको कीर्तिमान विकासको नाममा थियो । उनले सो कीर्तिमान १९ औं एसियाली खेलकुदको अन्तिम छनोटमा बनाएका थिए ।विकासले क्लिन एन्ड जर्कमा १४८ केजी वजन उठाउदै अर्को कीर्तिमान कायम गरे । यसअघि उनले १९ औं एसियाली खेलकुदकै पहिलो चरणको छनोटमा १४७ केजीको कीर्तिमान रचेका थिए ।

    कुलमा उनले उठाएको २७२ केजी पनि राष्ट्रिय कीर्तिमान हो । उनकै नाममा २७० केजीको कीर्तिमान थियो । विकास १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।यसैबीच अध्यक्ष श्रेष्ठ प्रतियोगिता दौरान हुने विश्व भारोत्तोलन महासंघको कोंग्रेसमा सहभागी हुन सोमबारै रियाद प्रस्थान गरेका छन् । श्रेष्ठसंगै खेलाडी सागर भण्डारी पनि सोमबारै रियाद प्रस्थान गरे । सागरले पुरुष १०९ केजीमा प्रतिस्पर्धा गर्ने छन् । नेपालले १६ वर्षपछि विश्व भारोत्तोलन च्याम्पियनसिपमा सहभागिता जनाएको हो ।

    प्रकाशित मिति :भाद्र २६, २०८० मंगलवार - ११:०९:१८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको