Logo

बुधवार, श्रावण १३ गते २०८३

तेश्रो चेल्सी अन्तरविद्यालय रेड रेसमा टिम च्याम्पियन बन्न सफल , अनोज खड्का र सुष्मा यादव कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धरकाे साथमा

तेश्रो चेल्सी अन्तरविद्यालय रेड रेसमा टिम च्याम्पियन बन्न सफल , अनोज खड्का र सुष्मा यादव कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धरकाे साथमा

जोईन खबर

३१, भाद्र २०८०
  • 796
    SHARES
  • तेश्रो चेल्सी अन्तरविद्यालय रेड रेसमा टिम च्याम्पियन बन्न सफल , अनोज खड्का र सुष्मा यादव कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धरकाे साथमा

    ३१ भदाै काठमाडाैँ ।अनोज खड्का र सुष्मा यादवले तेश्रो चेल्सी अन्तरविद्यालय रेड रेसमा आइतबार स्वर्ण जितेका छन् । ४.५ किलोमिटर दूरीको छात्रमा अनोज तथा छात्रामा सुष्मा पहिलो भएका हुन् । दुवै बूढानीलकण्ठ स्कुलका हुन् ।चेल्सी वल्र्ड स्कुलद्वारा आयोजित प्रतियोगितामा अनोजले निर्धारित दूरी १६.५१ मिनेटमा पूरा गरे ।

    images

    विजय बुढा मगर १६.५२ मिनेटमा दोश्रो तथा विवेक लामा १६.५३ मिनेटमा तेश्रो भए । विजय र विवेक पनि बूढानीलकण्ठकै हुन् ।सुष्माले निर्धारित दूरी तय गर्न २१.४१ मिनेट समय खर्चिन् । २२.३७ मिनेटसाथ बूढानीकलकण्ठकी सुजाता केसी दोश्रो तथा २३.४० सेकेन्डमा दौड पूरा गरेकी हाइली क्रिएटिभकी शभ्यता खड्का तेश्रो बने ।प्रतियोगितामा बूढानीलकण्ठ समग्रमा टिम च्याम्पियन बन्यो ।

    2(18).JPG

    बूढानीलकण्ठले १९ अंक जोड्यो । विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल, कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर, चेल्सीका संस्थापक प्रिन्सिपल डा. सुधिरकुमार झा, चेल्सी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द आदित्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।प्रतियोगितामा विभिन्न २० विद्यालयका ३ सय ५० प्रतिस्पर्धीको सहभागिता रहेको चेल्सीका इसीए इन्चार्ज राजन न्यौपानेले जनाएका छन् । दौड अत्तरखेलस्थित नेपाल मेडिकल कजेज चोकबाट सुरु विभिन्न भागको परिक्रमा गरी अत्तरखेलस्थित आयोजक चेल्सीको प्राङ्गणमा आएर टुंगिएको थियो ।

    प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - १४:१२:२१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको