११ असाेज काठमाडाैँ । चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुदमा नेपालले पुरुष क्रिकेटमा कीर्तिमानी सहित सानदार जित सुरु आत गरेको हाे । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विष्फोटक ब्याटिङ गरेपछि कीर्तिमानी र जित भएकाे छ ।
जसमा समूह ‘ए’ को लिगमा जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा नेपालले कीर्तिमानको वर्षा गर्दा मंगोलियालाई २७३ रनको फराकिलो अन्तरले पराजित ग¥यो ।नेपालले सर्वाधिक योगफल र फराकिलो जितसंगै व्यक्तिगततर्फ सबैभन्दा छिटो शतक र सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनायो ।नेपालले दिएको ३१५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा अलआउट हुनेअघि ४१ रन बनायो ।
टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा यसै खेलबाट डेब्यु गरेको मंगोलियाका लागि दाभासुरेन जमयानसुरेनले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाएनन् ।ब्लिङिमा नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले २–२ तथा सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १ विकेट लिए ।कुशल र दीपेन्द्रले रचे कीर्तिमानत्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको कीर्तिमानी शतक र दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी अर्धशतकमा नेपालले ३ विकेट गुमाएर ३१४ रन बनाएको थियो ।नेपालक लागि कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाए ।
उनले ५० बल खेल्दै ८ चौका र १२ छक्का प्रहार गरे । कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान भंग गरे ।रोहितले २७ बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा ६१ रन बनाए । कुशल र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि १९३ रनको साझेदारी गरे ।त्यसपछि आएका दीपेन्द्रसिंह ऐरीले विष्फोटक ब्याटिङ नै गरे ।
उनले १० बल मात्र खेल्दै ८ छक्का मद्दतमा अविजित ५२ रन बनाए । दीपेन्द्रले ९ बल खेल्दा ८ छक्का र एक बलमा २ रन लिँदै ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् । दीपेन्द्रले यसअघि युवराज सिंहको नाममा १२ बलमा रहेको अर्धशतक बनाउने कीर्तिमान तोडे ।७.२ ओभरमा ६६ रन हुँदा दुवै ओपनरलाई गुमाएको नेपालका लागि कुशल मल्लले विष्फोटक ब्याटिङ गरेका थिए । कुशल भुर्तेल १९ र आसिफ शेख १६ रन बनाएर आउट भए ।