Logo

मंगलवार, कार्तिक ११ गते २०८३

गोरखाको गाँखुमा आठौं गैरा कप फुटबल प्रतियोगिता असोज २८ गतेबाट सुरु

गोरखाको गाँखुमा आठौं गैरा कप फुटबल प्रतियोगिता असोज २८ गतेबाट सुरु

जोईन खबर

१२, आश्विन २०८०
  • 769
    SHARES
  • गोरखाको गाँखुमा आठौं गैरा कप फुटबल प्रतियोगिता असोज २८ गतेबाट सुरु

    सिरानचोक गाउँपालिकामा यही असोज २८ गतेदेखी ‘आठौं गैरा कप फुटबल प्रतियोगिता २०८०’ हुने भएको छ । प्रतियोगितामा बिजेता र उपबिजेताले क्रमश। ७० र ३५ हजार नगद हात पार्ने छन् । हिमाली तमु युवा क्लबको आयोजनामा हुने उक्त प्रतियागिता सिरानचोक गाउँपालिका-६ गाँखुको गैरा खेलमैदानमा हुने क्लबका अध्यक्ष अनन्त गुरुङले जानकारी दिए । उनका अनुसार खेलकालागी तयारी सुरु गरिएको छ । क्लब स्थापना भएको २०७१ सालदेखी निरन्तर प्रतियोगिताको आयोजना गरिरहेको छ । यस पटक सहभागी मध्ये बिजेता टिमले ७० हजार र उप बिजेताले ३५ हजार नगर सहित कप, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा सान्त्वना हुने २ समूहलाई भने क्लबले नगद १० हजार सहित मेडल र प्रमाणपत्र दिने क्बलले जानकारी दिएको छ । प्रतियोगिता अवधीभर उत्कृष्ठ खेल प्रर्दशन गर्ने खेलाडी, सर्वाधिक गोल कर्ता र उत्कृष्ठ गोल रक्षकलाई ट्रफि र प्रमाणपत्रको ब्यवस्था गरिएको क्लबलका सल्लाहकार बिक्रम गुरुङले जनकारी दिए । सेभेन ए साईड मार्फत खेलाइने खेलको लागि टिम दर्ता गर्न ७ हजार ५०० रुपैयाँ तोकिएको छ ।

    images

    प्रकाशित मिति :आश्विन १२, २०८० शुक्रवार - ११:०९:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको