सिरानचोक गाउँपालिकामा यही असोज २८ गतेदेखी ‘आठौं गैरा कप फुटबल प्रतियोगिता २०८०’ हुने भएको छ । प्रतियोगितामा बिजेता र उपबिजेताले क्रमश। ७० र ३५ हजार नगद हात पार्ने छन् । हिमाली तमु युवा क्लबको आयोजनामा हुने उक्त प्रतियागिता सिरानचोक गाउँपालिका-६ गाँखुको गैरा खेलमैदानमा हुने क्लबका अध्यक्ष अनन्त गुरुङले जानकारी दिए । उनका अनुसार खेलकालागी तयारी सुरु गरिएको छ । क्लब स्थापना भएको २०७१ सालदेखी निरन्तर प्रतियोगिताको आयोजना गरिरहेको छ । यस पटक सहभागी मध्ये बिजेता टिमले ७० हजार र उप बिजेताले ३५ हजार नगर सहित कप, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा सान्त्वना हुने २ समूहलाई भने क्लबले नगद १० हजार सहित मेडल र प्रमाणपत्र दिने क्बलले जानकारी दिएको छ । प्रतियोगिता अवधीभर उत्कृष्ठ खेल प्रर्दशन गर्ने खेलाडी, सर्वाधिक गोल कर्ता र उत्कृष्ठ गोल रक्षकलाई ट्रफि र प्रमाणपत्रको ब्यवस्था गरिएको क्लबलका सल्लाहकार बिक्रम गुरुङले जनकारी दिए । सेभेन ए साईड मार्फत खेलाइने खेलको लागि टिम दर्ता गर्न ७ हजार ५०० रुपैयाँ तोकिएको छ ।