Logo

बुधवार, श्रावण १३ गते २०८३

१९औँ एसियाली खेल क्रिकेटमा नेपालले माल्दिभ्सलाई पछि पार्दै, क्वाटरफाइनल प्रवेश

१९औँ एसियाली खेल क्रिकेटमा नेपालले माल्दिभ्सलाई पछि पार्दै, क्वाटरफाइनल प्रवेश

जोईन खबर

१४, आश्विन २०८०
  • 712
    SHARES
  • १९औँ एसियाली खेल क्रिकेटमा नेपालले माल्दिभ्सलाई पछि पार्दै, क्वाटरफाइनल प्रवेश

    १४ असाेज काठमाडाैँ । चीनमा भएकाे  १९औँ एसियाली खेलकाे क्रिकेटमा नेपालले माल्दिभ्सलाई पछि पार्दै, क्वाटरफाइनल प्रवेश  गरेकाे छ ।आइतबार विहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको  थियाे । नेपालले ७ विकेटको क्षतिमा २१२ रन जोड्यो।

    images

    नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। उनले  २७ बलमा समान ३-३ चौका र छक्काको मद्दतमा ५२ रन जोडे। गुल्सन झाले २१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३५ रन जोडे। कुशल मल्लले नटआउट ४७ रन जोडे।

    नेपालका ओपनर कुशल भुर्तेलले एलबिडब्लूको धरापमा पर्नुअघि १८ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३५ रन जोडे। त्यसअघि अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए। 
     विनोद भण्डारी १५ बलमा १३ रन, सन्दीप जोरा ५ रन र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए। बलिङमा माल्दिभ्सका बाडेउले ३ विकेट लिन सफल भए।

     

     

    प्रकाशित मिति :आश्विन १४, २०८० आइतवार - १०:२८:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको