Logo

बुधवार, श्रावण १३ गते २०८३

१९औँ एसियाली खेलको कबड्डीमा नेपालको विजयी सुरुआत

१९औँ एसियाली खेलको कबड्डीमा नेपालको विजयी सुरुआत

जोईन खबर

१५, आश्विन २०८०
  • 823
    SHARES
  • १९औँ  एसियाली खेलको कबड्डीमा नेपालको विजयी सुरुआत

    १५ असोज काठमाडौँ । हाङझाव एसियाडको महिला कबड्डीमा नेपालले सोमबार विजयी सुरुआत गरेको छ ।चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको समूह ‘बी’ को पहिलो खेलमा नेपालले अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेशलाई ३७–२४ ले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको   छ ।

    images

    तीन राष्ट्र रहेको यो समूहमा नेपाल र बंगलदेशसहित इरान छ ।इरानले बंगलादेशलाई हराए नेपाल सेमिफाइनलमा पुग्दै कम्तीमा कांस्य पदक सुनिश्चित गर्नेछन । महिला कबड्डीमा जम्मा ७ राष्ट्र सहभागी छन् ।

    समूह ‘ए’ मा भारत, थाइल्यान्ड, दक्षिण कोरिया र चाइनिज ताइपेईं छन् ।मेणुका राजवंशीको कप्तानीमा रहेको नेपाली टोलीले मंगलबार इरान विरुद्ध प्रतिस्पर्धा गर्ने छ । एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा सहभागिता जनाएको यो नै पहिलो अवसर हो ।

    प्रकाशित मिति :आश्विन १५, २०८० सोमवार - १४:४३:३९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको