१५ असाेज काठमाडाैँ । चिनमा जारी भएकाे १९औं एसियाली खेलमा महिला भलिबलमा नेपाल दक्षिण कोरियासंग ३–० को सोझो सेटमा पराजित भएको छ ।
हाङझाव नर्मल युनिभर्सिटी कान्चिन जिम्न्याजिममा १ घण्टा १२ मिनेट चेलेको खेलमा दक्षिण कोरियाले नेपाललाई २५–२१, २५–१४ र २५–११ ले हरायो ।समूह ‘सी’ को पहिलो खेलमा नेपाल भियतनामसंग २५–४, २५–१६ र २५–१३ को सीधा सेटमा हारेको थियो ।
हारसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले क्लासिफिकेसन म्याच भने खेल्न बाँकी छ । एसियाडको महिला भलिबलमा नेपालले पहिलो पटक खेलेको हो ।