Logo

बुधवार, श्रावण १३ गते २०८३

एसियाली खेलको महिला कबड्डीमा नेपाल समूह चरणको दोस्रो खेलमा  पराजित

एसियाली खेलको महिला कबड्डीमा नेपाल समूह चरणको दोस्रो खेलमा  पराजित

जोईन खबर

१६, आश्विन २०८०
  • 778
    SHARES
  • एसियाली खेलको महिला कबड्डीमा नेपाल समूह चरणको दोस्रो खेलमा  पराजित

    १६ असोज काठमाडौँ । कबड्डीमा हाङझाव एसियाडको महिला कबड्डीमा नेपाल समूह चरणको दोस्रो खेलमा मङलबार पराजित भएको छ । चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको समूह ‘बी’ को आफ्नो दोश्रो तथा अन्तिम लिगमा नेपाल डिफेन्डिङ च्याम्पियन इरानसँग ४३–१९ ले पराजित भयो ।

    images

    नेपाल पहिलो हाफमा १९–११ ले पछि परेको थियो । इरानले दोश्रो हाफमा पनि अग्रता लिने क्रममा २४–८ स्कोर ग¥यो । समूह ‘बी’ मा नेपाल र इरानसहित बंगलादेश गरी ३ राष्ट्र छन् । नेपालले समूह चरणको पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराएको थियो । बुधबार हुने समूह ‘बी’ को अन्तिम लिगमा इरानले बंगलादेश विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

    त्यो खेलमा इरान विजयी भए नेपालले एसियाडको महिला कबड्डीतर्फ पहिलो सहभागितामै समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाउने छ । सेमिफाइनल पुगे नेपालले कम्तीमा कांस्य पदक पक्का गर्दे इतिहास रच्ने छ ।

    प्रकाशित मिति :आश्विन १६, २०८० मंगलवार - १७:३६:०६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको