Logo

बुधवार, श्रावण १३ गते २०८३

एसियाली खेलकाे भारोत्तोलनमा नेपालककाे विशालको दुर्लभ कीर्तिमान

एसियाली खेलकाे भारोत्तोलनमा नेपालककाे विशालको दुर्लभ कीर्तिमान

जोईन खबर

१८, आश्विन २०८०
  • 790
    SHARES
  • एसियाली खेलकाे भारोत्तोलनमा  नेपालककाे विशालको दुर्लभ कीर्तिमान

    १८ असाेज काठमाडाैँ । हाङझाव एसियाडको भारोत्तोलनमा नेपालका विशालसिंह विष्टले बिहीबार दुर्लभ कीर्तिमान स्थापित गरेका छन् ।चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित कुनैपनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि स्थापित गरे ।

    images

    यसअघि कुनैपनि नेपाली भारोत्तोलकले कुनैपनि तौलसमूहमा जम्मामा ३ सय केजीसम्मको भार पनि वहन नगरेको भारोत्तोलन टिमका व्यवस्थापक समेत रहेका नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जनाएका छन् ।विशालले स्न्याचमा १३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे ।

    स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ केजी र कुलमा २९१ केजीको राष्ट्रिय कीर्तिमान विशालकै नाममा थियो । उनले उक्त कीर्तिमान केहि साताअघि रियादमा भएको विश्व भारोत्तोलन च्याम्पियनसिपमा बनाएका थिए ।स्न्याचमा भने विशालले दोश्रो लिफ्टमा नै १२७ केजी तौल उठाउदै राष्ट्रिय कीर्तिमान स्थापित गरिसकेका थिए ।

    पहिलो लिफ्टमा विशालले १२१ केजी तौल उचालेका थिए । त्यस्तै क्लिन एन्ड जर्कमा विशालले पहिलो लिफ्टमा १६१ केजी वजन उठाएका थिए । दोश्रो लिफ्टमा विशालले १६८ केजी वजन उचालेर राष्ट्रिय कीर्तिमान रचेपछि तेश्रो लिफ्टमा कीर्तिमान सुधार गर्ने प्रयासमा १७५ केजी तौल लोड गर्न लगाएका थिए । त्यसमा उनी सफल भएनन् ।नेपालबाट ५ खेलाडी सहभागी भारोत्तोलनमा नेपालको अन्तिम दिन शनिबार सागर भण्डारीले चुनौती प्रस्तुत गर्ने छन् ।  

    प्रकाशित मिति :आश्विन १८, २०८० बिहिवार - १६:२९:३१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको