१९ असाेज काठमडाैँ ।चीनको हाङझाउमा आज शुक्रवार भएको दोस्रो सेमिफाइनल क्रिकेट खेलमा अन्तर्गतमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा पुगेको छ ।
पाकिस्तानले दिएको १ सय १६ रनको सामान्य लक्ष्य अफगानिस्तानले १७ ओभर ५ बलमा ६ विकेट गुमाएर भेटायो । अफगानिस्तानका नूर अलि जदरानले सर्वाधिक ३९ रन बनाए ।
यस्तै कप्तान गुलबदिन नइबले नटआउट २६ रन बनाए । बलिङतर्फ पाकिस्तानका अराफत मिनहस र उस्मान कदिरले २-२ विकेट लिए ।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान १८ ओभरमा १ सय १५ रन बनाउँदा अल आउट भयो ।
पाकिस्तानका ओभर युसुफले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ अफगानिस्तानका फरीद अहमदले ३ तथा कइस अहमद र जहिर खानले २-२ विकेट लिए । अफगानिस्तानले फाइनलमा भोलि शनिवार भारतसँग खेल्नेछ ।