Logo

मंगलवार, श्रावण १२ गते २०८३

प्रथम अध्यक्षकप फुटवल २०८० उपाधि छात्र दिर्घेश्वर मा.वि र छात्रातर्फ रत्नेश्वर मा.विले हात पारे

प्रथम अध्यक्षकप फुटवल २०८० उपाधि छात्र दिर्घेश्वर मा.वि र छात्रातर्फ रत्नेश्वर मा.विले हात पारे

जोईन खबर

२८, आश्विन २०८०
  • 847
    SHARES
  • प्रथम अध्यक्षकप फुटवल  २०८० उपाधि छात्र दिर्घेश्वर मा.वि र छात्रातर्फ रत्नेश्वर मा.विले हात पारे

    २८ असाेज काठमाडाैँ । गोरखा जिल्लाकाे गण्डकी गाउँपालिकामा भएको प्रथम अध्यक्षकप फुटवल प्रतियोगिता सम्पन्नमा ‘२०८०’ उपाधि छात्रतर्फ दिर्घेश्वर मा.वि र छात्रातर्फ रत्नेश्वर मा.विले विजय हाँसि गरेका छन् । शनिबार भएको सम्पन्न प्रतियोगितामा फाइनल खेलमा उपाधि दिर्घेश्वर मा विले हात पारेकाे गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले बताउनु भयाे । 

    images

    छात्रतर्फको फाइनल खेलमा दिर्घेश्वर मा.विले ज्ञानमार्ग मा.विलाई ३–१ गोल अन्तरले पराजित  गरेकाे हाे । खेलमा दिर्घेश्वर मा.विका अजिब गुरुङले २ गोल तथा अनिश गुरुङले १ गोल गर्नुभएको थियो । प्रतियोगितामा भद्रकाली मा.वि भने तेस्राे स्थान हात पारेकाे थियाे ।

    प्रतियोगितामा उपाधि विजेता छात्र तथा छात्राको दुवै टिमले नगद ३० - ३० हजार रुपैया सहित मेडल र प्रमाणपत्र प्रदान गरियाे ,दोस्रो हुने टिमलाई नगद १५ हजार रुपैया सहित ट्रफी मेडल र प्रमाण पत्र, तेस्रो हुने टिमले नगद ७ रुपैया हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो ।खेलकुद क्षेत्रका विकास गर्दै खेलाडीहरु उत्पादनमा गर्ने उद्देश्य सहित गाउँपालिकाले फुटवल प्रतियोगिताको आयोजना गरेकाे हाे ।

     

    प्रकाशित मिति :आश्विन २८, २०८० आइतवार - १३:३८:०५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको