Logo

मंगलवार, कार्तिक ११ गते २०८३

चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाइ

चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाइ

जोईन खबर

२९, आश्विन २०८०
  • 763
    SHARES
  • चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली  टोलीको बिदाइ

    २९ असोज काठमाडौँ । चीनको हाङझावमा हुने चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई आइतबार एक कार्यक्रमबीच बिदाइ गरियो । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषरको अडिटोरियम हलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।अक्टोबर २२ देखि २८ तारिखसम्म हुने पारा खेलकुदमा विभिन्न १० खेलमा १९ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

    images

    बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान पनि पारा खेलकुदका लागि हाङझाव जाँदै छिन् ।तेक्वान्दोमा पारा ओलम्पियन पलेशा गोबद्र्धनले के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छिन् । पलेशा अध्ययनका साथै प्रशिक्षणका लागि चीनको सांघाईमा रहेको प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् । उनी त्यत्तैबाट पारा खेलकुदमा सहभागी हुने प्रशिक्षक लामाले जनाएका छन् ।

    images
    images
    images

    पलेशाले नै उद्घाटन समारोहको मार्च पास्टमा नेपालको झण्डा बोक्ने टोलीका सेफ दि मिसन एवं नेपाल पारालिम्पिक कमिटीका कोषध्यक्ष ओमनाथ सिवाकोटीले जानकारी गराए । तेक्वान्दोको व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ छन् ।एथलेटिक्समा साङबु भोटेले १ सय मिटर दौड तथा सुरज भाटले ४ सय मिटर र १ हजार ५ सय मिटर दौडमा सहभागी हुने छन् । प्रशिक्षकमा सीता भण्डारी छिन् ।

    ब्याडमिन्टनमा प्रकाश अधिकारी र हेम गुरुङले सिंगल्स÷डबल्स स्पर्धामा खेल्ने छन् । सुटिङको १० मिटर एयर राइफलमा हिमाल अर्यालले प्रतिस्पर्धा गर्ने छन् ।त्यस्तै आर्चरीमा शक्ति गौचन र फणिनारायण पौडेलले ७५ मिटर दूरी, पावर लिफ्टिङमा दुर्गामान तामाङले ७३ केजी र पवन घर्ती मगरले ७० केजी तथा पौडीको ५० मिटर फ्रिस्टायलमा भीमबहादुर कुमाल, रमेश खत्री र जेनिशा कडायतले खेल्ने छन् ।

    पावर लिफ्टििङको प्रशिक्षकमा सञ्जय महर्जन तथा पौडीको प्रशिक्षकमा विजेनमान श्रेष्ठ छन् ।साइक्लिङमा रञ्जना धामीले ३ हजार र ५ हजार मिटर दूरी तथा जुडोमा मनोज भट्टले ७३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । जुडोको प्रशिक्षकमा मोहन सुनुवार रहेका छन् । टेबलटेनिसमा डिगमसिंह चेम्जोङ, केशव थापा, लाली तामाङ र विवेक राईले चुनौती पेश गर्ने छन् ।

    अफिसियलमा गणेश कक्षपति, प्रदीप थापा, नारायणराज अर्याल, टेकबहादुर गुरुङ, सरोज श्रेष्ठ, विश्वास बस्नेत, अभिषेक पाण्डे र तारा मोक्तान छन् । सेफ दि मिसन सिवाकोटीसहितको २० सदस्यीय टोली सोमबार हाङझाव प्रस्थान गर्दै छन् । बाँकी टोली दुई चरण (अक्टोबर १७ र २० तारिख) मा हाङझाव जाने छन् ।

    प्रकाशित मिति :आश्विन २९, २०८० सोमवार - १०:४३:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको