Logo

बिहिवार, श्रावण १४ गते २०८३

सिङ्गापुरले नेपाललाई जितका लागि १४६ रनको चुनौती दियो

सिङ्गापुरले नेपाललाई जितका लागि १४६ रनको चुनौती दियो

जोईन खबर

१३, कार्तिक २०८०
  • 748
    SHARES
  • सिङ्गापुरले नेपाललाई जितका लागि १४६ रनको चुनौती दियो

    १३ कार्तिक काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट  मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सिङ्गापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाई नेपाललाई जितको लागि १४६ रनको चुनौती दिएको छ ।

    images

    सिङ्गापुरका लागि युवा ओपनर रोहन रङ्गराजनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाएका हुन् । आर्यवीर चौधरीले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका हुन् ।मनप्रति सिंहले २४ तथा अक्षा पुरीले १३ रन जोडे ।

    नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दीप लामिछाने, गुल्सन झा र करण केसीले समान दुईरदुई विकेट लिए ।  नेपालले यसअघि सन् २०१४ मा बङ्गलादेशमा टि ट्वान्टी विश्वकप खेलेको थियो ।

    प्रकाशित मिति :कार्तिक १३, २०८० सोमवार - १२:१०:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको