१४ कार्तिक काठमाडाैँ । आइसिसी टी-२० विश्वकप छनोटमा नेपालले मलेसियाविरूद्ध पाँचौ विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको मलेसियाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले चौथो विकेट लिए।
सर्विन मुनिन्डेलाई १३ रनमा आउट गरे।यस्तै गुल्सन झाले ६८ रन बनाएका सयद अजिजलाई आउट गरे।सन्दीप लामिछानले तेस्रो विकेट लिए। सन्दीपले विरनदीप सिंहलाई ४ रन बनाउँदा एलबिडब्लूको धरापमा पारे।
नेपालका अभिनास बोहराले जुबइदीलाई २४ रनमा क्याच आउट र अहमद फाइजलाई ३ रनमा रनआउट गर्न सफल भयो। मलेसियाले तेस्रो विकेट गुमाउँदा १४.४ ओभरमा ६ विकेटको क्षतिमा १३० रन जोडेको स्थिति थियो।