यस निर्माण कम्पनीको २०८० जेठ २४ गते पटक पटक थपिएको म्यादको अन्तिम अवधि रहेको पाइएको छ ।लामा पीएस कन्स्ट्रक्सन जेभी काठमाडौँका प्रतिनिधि प्रेम लामाले भत्किएको सडक मर्मत गर्न नसकिने बताउनु भएको छ । जाजरकोट खण्डमा ८२ किलोमिटर सडक रहेको जाजरकोटमा अधिकांश ठाउँमा पिचको काम अन्तिम चरणमा पुगे पनि अगाडि बनाउँदै जाँदा पछाडि भत्कँदै गएको छ ।
आफूहरूले वन्दै गरेको सडकको बारेमा मर्मतको लागि आवाज उठाएता पनि कसैले ध्यान नदिएको स्थानीय पवन चनाराको भनाइ छ । स्थानीयवासीले निर्माण व्यवसायीलाई जति दबाब दिए पनि ठेकेदारले कुनै पनि चासो नदिँदा आफूहरू हैरान भएको चनाराको भनाई छ । छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापा बेलाबेलामा अनुगमन गरे पनि निर्माण कम्पनीले अटेरी गरेकाे बताउनु भयो ।