Logo

मंगलवार, श्रावण १२ गते २०८३

केपी ओली कप टी–ट्वान्टी प्रतियोगिताको फाइनल खेल आज हुदै

केपी ओली कप टी–ट्वान्टी प्रतियोगिताको फाइनल खेल आज हुदै

जोईन खबर

१५, मंसिर २०८०
  • 850
    SHARES
  • केपी ओली कप टी–ट्वान्टी  प्रतियोगिताको फाइनल खेल आज हुदै

    १५ मंसिर काठमाडाैँ । पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनल खेल आज हुदै छ ।आज फाइनल खेलमा मधेस प्रदेश र नेपाल आर्मी आज प्रतिस्पर्धा गर्दै छन् ।पोखरा रंगशालामा हुने यो खेल साढे १२ बजेदेखि शुरु हुने आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जानकारी दिएको छ ।

    images

    विहिबार सम्पन्न सेमिफाइनल खेलमा  विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेको छ भने, मधेस प्रदेशले एपीएफलाई पराजित गरी फाइनलमा स्थान पक्का गरेको हो । प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

    उपविजेता टोलीले रु दुई लाख ५० हजार, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार पाउनेछ ।प्रतियोगिता यही मङ्सिर ७ गतेदेखि सञ्चालन भएको हो । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ । 

    प्रकाशित मिति :मंसिर १५, २०८० शुक्रवार - १०:३२:३७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको