Logo

मंगलवार, श्रावण १२ गते २०८३

दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुदको बास्केटबल उपाधि विजेता एन्जल्स हार्ट,भलिबल फाइनलमा प्रवेश

दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुदको बास्केटबल उपाधि विजेता एन्जल्स हार्ट,भलिबल फाइनलमा प्रवेश

जोईन खबर

२२, मंसिर २०८०
  • 787
    SHARES
  • दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुदको बास्केटबल उपाधि विजेता एन्जल्स हार्ट,भलिबल   फाइनलमा प्रवेश

    एन्जल्स हार्ट र हिमरश्मीलाई उपाधि

    images

    एन्जल्स हार्ट र हिमरश्मीले दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केटबलको उपाधि बिहीबार जितेका छन् । एन्जल्स हार्ट जुनियर ब्वाइज तथा हिमरश्मी गल्र्समा च्याम्पियन बने ।जुनियर ब्वाइज फाइनलमा एन्जल्स हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई २४–१९ ले पराजित ग¥यो ।

    एन्जल्स हार्टका रुपेश पौडेलले १५ अंक जोडे ।सिनियर गल्र्सको उपाधि भिडन्तमा हिमरश्मीले ल्यान्डमार्कलाई २०–१८ ले हरायो । हिमरश्मीकी सुनिशा मिश्रले ७ स्कोर गरिन् ।विजेतालाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जुनियर ब्वाइजमा १० तथा सिनियर गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


    भलिबल 

    हिमरश्मी र नेपाल राष्ट्रिय मावि दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको भलिबलतर्फ ब्वाइजमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । कालीदेवी मावि तेश्रो भयो ।मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी भइरहेको प्रतियोगिताको गल्र्समा एन्जल्स हार्ट र मानसिंह धर्म मावि उपाधिका लागि भिड्ने भएका छन् । लालीगुराँस नेसनल एकेडेमीले तेश्रो स्थान हात पा¥यो ।

     

    प्रकाशित मिति :मंसिर २२, २०८० शुक्रवार - १३:४३:२५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको