Logo

बुधवार, श्रावण १३ गते २०८३

साफ यू-१७ महिला फुटबलमा नेपाल रुससँग ३-० पराजित

साफ यू-१७ महिला फुटबलमा नेपाल रुससँग ३-० पराजित

जोईन खबर

१३, चैत्र २०७९
  • 763
    SHARES
  • साफ यू-१७ महिला फुटबलमा नेपाल  रुससँग ३-० पराजित

    १३चैत, काठमाठौं । साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले दोस्रो खेलमा पनि  रुससँग ३-०ले पराजित भएकाे हाे।आइतबार ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको खेलमा पराजित भएको हो ।बलियो टोली रुस विरुद्ध नेपालले ६२ मिनेटसम्म रक्षात्मक खेल्दै गोल गर्न दिएको थिएन । तर त्यसपछि रुसले तीन गोल गर्‍यो । रुसका लागि एलिना गोलिकले ६३औं र ७४औं मिनेटमा गोल गरिन् ।

    images

    यस्तै ८३औं मिनेटमा पोलिना फिलसिनाले गोल गरिन् । गत नोभेम्बरमा बंगलादेशमै भएको साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको नेपाल उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगे पनि दुई हारपछि सम्भावना समाप्त भएको हो ।यसअघि नेपाल पहिलो खेलमै भारतसँग पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई हराएको थियो । लगातार तीन जितपछि युरोपियन टिम रुसले उपाधि सम्भावना बलियो बनाएको छ ।

    deuba-nepal-prachand-satta-gathbandhan_fX3c1XzJ9U.jpeg

    रुस प्रतियोगितामा अपराजित एक्लो टोली हो । आज आइतबारकै अर्को खेलमा भुटानलाई पराजित गरेको भारत तीन खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । बंगलादेशको समान ६ अंक भए पनि तेस्रो स्थानमा छ।

     

    प्रकाशित मिति :चैत्र १३, २०७९ सोमवार - १४:२९:४९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको