Logo

मंगलवार, श्रावण १२ गते २०८३

गायक विष्णु खत्री र गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा पञ्चेबाजा बागलुङ कालिकामा सार्वजनिक

गायक विष्णु खत्री र गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा पञ्चेबाजा बागलुङ कालिकामा सार्वजनिक

जोईन खबर

२५, मंसिर २०८०
  • 1.2K
    SHARES
  • गायक विष्णु खत्री र गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा पञ्चेबाजा बागलुङ कालिकामा सार्वजनिक

    २५ मंसिर काठमाडाैँ । लोकगायक विष्णु खत्री र गायिका सुनिता बुढा क्षेत्रीले स्वर दिएको पञ्चेबाजा गीत ‘बागलुङ कालिकामा’ सार्वजनिक भएको छ । ‘विष्णु खत्री’ युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गीतले अहिलेसम्म २५ हजारभन्दा बढी ‘भ्यूज’ बटुलेको छ । 

    images

    आशिष अविरलको संगीत संयोजन रहेको सो गीतको म्यूजिक भिडियोमा कलाकार तुलवीर थापा ‘समर्पण’ र यशु भट्टराईको अभियन रहेको छ । कथा र भिडियो निर्देशन विनम्र खत्रीले गरेका छन् । गीतमा बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर, गुल्मीको मालिकालगायत पश्चिम नेपालका धार्मिकस्थलको प्रसंग जोडिएको छ । भिडियोमा पनि ती ठाउँका दृश्य कैद गरिएको गायक खत्रीले बताए ।

    https://youtu.be/ksknm3cVyVI?t=165

    लोकगायक विष्णु खत्रीले यसअघि ‘जाउँला ढोरपाटन’, ‘मलाई हतार भइसक्यो’, ‘धवलागिरिको’लगायत पञ्चेबाजा गीत सार्वजनिक भएका थिए । लोकगायक खत्रीका पञ्चेबाजा गीतबाहेक ‘भरिया दाइ’, ‘कि लास चाहियो कि लास चाहियो’, ‘जम्मु काश्मिरमा’लगायत गीत पनि चर्चित छन् । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालको उपाध्यक्षसमेत रहेका उनी दुई दशकदेखि गीत सिर्जना र गायनमा सक्रिय छन् ।

    प्रकाशित मिति :मंसिर २५, २०८० सोमवार - १४:०१:१८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको