Logo

मंगलवार, श्रावण १२ गते २०८३

समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा पुरुषकाे भ्याली पब्लिकको विजयी सुरुआत

समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा पुरुषकाे भ्याली पब्लिकको विजयी सुरुआत

जोईन खबर

४, पौष २०८०
  • 802
    SHARES
  • समृद्धि  यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा पुरुषकाे भ्याली पब्लिकको विजयी सुरुआत

    ४ पुष काठमाडौँ । समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा मंगलबार भ्याली पब्लिकले विजयी सुरुआत गरेको   छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धामा भ्याली पब्लिकले काभ्रे बास्केटबल एकेडेमीलई ७२–५० ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा प्रवीण गुरुङले २५ अंक योगादन गरे ।

    images

    महिलामा भने भ्याली पब्लिक चुक्यो । सन्ध्या डंगोलको १४ अंक सहयोगमा आईएएस नेपालले भ्याली पब्लिकलाई ५०–२३ को फराकिलो अन्तरले हरायो । गल्र्सकै अर्को खेलमा जेभियर इन्टरनेसनल कलेजले गोल्डेनगेटलाई पन्छायो ।पुरुषको अन्य खेलमा स्नोल्यान्ड, रोयल र ग्रिनफिल्डले जित हात पारे ।

    स्नोल्यान्डले हाउन्ड्सलाई ४४–३६ ले पन्छायो । विजेताका गगन राईले १७ स्कोर गरे ।रोयलले जेभियरमाथि ६८–४५ को जित रच्यो । रोयलका श्रीयुक्ता सोले १८ अंक जोडे । टाइमआउट विरुद्धको प्रतिस्पर्धामा ग्रिनफिल्ड ७१–६१ ले विजयी भयो । ग्रिनफिल्डका सोनम लामाले २३ अंक जोडे  ।

    4(22).JPG

    प्रतियोगिताको पूर्व बास्केटबल प्रशिक्षक इश्वरमान मालाकार र नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे ।प्रतियोगिताको पुरुषमा २० तथा महिलामा ५ टिम छन् । पुरुषमा सहभागीलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ ।

    2(32).JPG

    महिलाको प्रतिस्पर्धा सिंगल राउन्ड रोविनका आधारमा हुनेछ । लिगमा शीर्ष दुई स्थान हात पार्नेले उपाधिका लागि भिड्ने छन् ।दुवै समूहका विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन् । पुरुष÷महिलाका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । फाइनल पुस १० गते हुनेछ ।

    प्रकाशित मिति :पौष ४, २०८० बुधवार - १०:३३:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको