Logo

बुधवार, श्रावण १३ गते २०८३

महिला क्रिकेटमा एपीएफ क्लबले कोशी प्रदेशलाई दियाे १५५ रनकाे लक्ष्य

महिला क्रिकेटमा एपीएफ क्लबले कोशी प्रदेशलाई दियाे १५५ रनकाे लक्ष्य

जोईन खबर

१६, चैत्र २०७९
  • 646
    SHARES
  • महिला क्रिकेटमा  एपीएफ क्लबले  कोशी प्रदेशलाई दियाे १५५ रनकाे लक्ष्य

    १६ चैत, काठमाडौं । महिला टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न एपीएफले कोशी प्रदेशलाई १५५ रनको लक्ष्य दिएको छ ।

    images

    सीता र इन्दु  शतकीय साझेदारीमा एपीएफ क्लबले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १५४ रन बनाएको हो ।

    १८ रनमा १ विकेट गुमाएको एपीएफका इन्दु र सीताले नट आउट १३६ रनको साझेदारी गरेका हुन् । यो साझेदारी ललितपुर मेयर कप क्रिकेटको ३ संस्करणको इतिहासमा सबैभन्दा ठूलो साझेदारी हो ।

    यसअघि ललितपुर मेयर कप क्रिकेटको पहिलो संस्करणमा ललितपुर मेयर ११ बाट अस्मिना कर्मचार्य र सुमन खतिवडाले १०८ रनको साझेदारी गरेका थिए ।

    कोशी विरुद्ध सीता राना मगरले ७९ रनको अविजित अर्धशतकीय परी खेलिन् । उनले ६८ बलमा ९ चौका र २ छक्का प्रहार गरिन् । उनको जारी प्रतियोगितामा यो दोस्रो अर्धशतक हो ।

    उनले यसअघि सुदूरपश्चिमविरुद्धको खेलमा ५२ रन बनाएकी थिइन् । सीताले यसै प्रतियोगिताको पहिलो संस्करणमा सुमन खतिवडाले बनाएको ७७ रनको उच्च रनको किर्तिमान तोडेकी हुन् ।

     

     

    प्रकाशित मिति :चैत्र १६, २०७९ बिहिवार - १२:१३:४२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको