२० चैत, काठमाडौं । अन्तर्राष्ट्रिय खेलका लागि ब्रेकपछि शहीद स्मारक ए डिभिजन लिगका छैटौं चरणका खेल आजदेखि सुरु हुँदैछन् । ए डिभिजन लिगमा ब्रेकमा प्रधानमन्त्री थ्री नेसन्स कपदेखि मोफसलमा विभिन्न गोल्डकप प्रतियोगिताहरु सम्पन्न भए ।
छैटौं चरणको सुरुवाती दुई खेल हुनेछन् । संकटा र एफसी खुमलटारबीचको खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु हुनेछ । संकटा आठौं र खुमलटार नवौँ स्थानमा छन् ।